A Sample Title

This area can be fully edited and gives you the opportunity to introduce yourself

You can edit text on your website by double clicking on a text box on your website. Alternatively, when you select a text box a settings menu will appear. Selecting ‘Edit Text’ from this menu will also allow you to edit the text within this text box.
 
You can edit text on your website by double clicking on a text box on your website. Alternatively, when you select a text box a settings menu will appear. Selecting ‘Edit Text’ from this menu will also allow you to edit the text within this text box.

Initiated by Mani Nepali Paneru  for NRNA ICC Language and Literature Sub Committee 2017-2019 with moral, technical, and intellectual support from the committee members and like minded individuals who belong to and are
interested in Nepali language and literature  

A resource pool for the researchers, students and all who are interested about Nepali language lierature and contributers

Nepali Language

Nepali Literature

Nepali Writers

नेपाली भाषा

नेपाली साहित्य

नेपाली साहित्यकार 

  
नेपाली भाषाको लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ । नेपाली भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो।

नेपाली भाषा संसारका नैसर्गिक वा प्राकृतिक भाषाहरूमध्ये एक हो । यो कुनै कृत्रिम भाषा होइन । यसको आफ्नो मौलिक स्वरूप छ । यसको आफ्नो इतिहास र सुदीर्घ परम्परा छ । यसका आफ्ना संरचनागत विशेषताहरू छन् । नेपालभित्र र बाहिर ठूलो सङ्ख्यामा यसका वक्ताहरू छन् । कथ्य र लेख्य अनि औपचारिक र अनौपचारिक सबै प्रकारका भाषिक अभिव्यक्ति यसका माध्यमबाट हुँदै आएका छन् । नेपालको एक प्रमुख राष्ट्रभाषाका रूपमा रहेको यस भाषाका विभिन्न क्षेत्रीय, सामाजिक र प्रयोजनपरक भेदहरू रहेका छन् ।
  
बोलीचालीको भाषाका रुपमा नेपाली भाषा धेरै पहिलेदेखि समाजमा रहँदै आए पनि संस्कृत सुसंस्कृत भाषा मानिने भएकाले लेख्य रुपमा भने लामो समयसम्म संस्कृत भाषाकै प्रधानता थियो।
  
  
  
नेपाली भाषामा लेखिएका कृतिहरुलाई नै नेपाली साहित्य भन्न सकिन्छ। हुन त नेपाली लोक साहित्यको परम्परा युगौँ पुरानो छ तर पनि लिखित र व्यव्स्थित रुपमा नेपाली साहित्य भरखरै मौलाएको हो। नेपाली साहित्यलाई देश भित्रको साहित्य र देश बाहिरका साहित्यको रुपमा लिन सकिन्छ। 

नेपाली   साहित्य बुझ्न बिभिन्न विधामा, काल खन्डमा र बिभिन्न वादहरुका आन्दोलन के कस्ता प्रयासहरु भए र के कस्ता प्रकारका कृति हरु जन्मे तथा समाजमा त्यसको प्रभाव के कस्तो रह्यो हेर्न पर्ने हुन्छ। यो वेव साइटमा बिभिन्न संघ संस्था, व्यक्तित्व र साहित्यकारहरु बाट गरिएका योगदानहरु पाइने वेव लिन्कहरु समावेस गरिएको छ। ति लिन्कहरु सम्बन्धित श्रष्टा र श्रोतहरुहरुकै अन्तरगत रहेका र अनुसन्धानकर्ता, अध्यता र विध्यार्थिहरुको सुविधाको लागि  नेपाली सन्दर्भ श्रोतका रुपमा राखिएका हुन।
  
नेपाली साहित्य पूर्व मेची देखी पश्चिम महाकाली सम्मको भुगोलमा मात्र सिमित नरही संसारका बिभिन्न भागहरुमा फैली मौलाईरहेको छ। बिशेष गरी जहाँ जहाँ नेपाली भाषा बोलिन्छ, त्यहाँ नेपाली साहित्यको पनि बिकास भएको पाईन्छ। नेपाली साहित्य नेपाल, सिक्किम, दार्जिलिङम भुटान, भारतको उत्तराखण्ड, असाम आदी ठाउँहरुमा बिकास भएको पाईन्छ। नेपाली साहित्यका केही सम्मानित नामहरु आदी कवी भानु भक्त आचार्य, महाकवी लक्ष्मी प्रशाद देवकोटा, कवी शिरोमणी लेखनाथ पौड्याल, युवा कवी मोतिराम भट्ट, राष्ट्र कवी माधव प्रसाद घिमिरे, भूपी शेरचन, वाल कृष्ण सम, बिपी कोइराला, गोपाल प्रसाद रिमाल, भिमनिधी तिवारी हास्यकार भैरव अर्याल आदिलाई लिन सकिन्छ। त्यसै गरी लैन सिंह बाङ्देल, ईन्द्र बहादुर राइ, लील बहादुर छेत्री,धरणीधर कोइराला पनि त्यत्ती नै चर्चित नाम हुन। नेपाली साहित्यमा महिलाहरुको पनि महत्वपूर्ण योगदान रहेको छ जस्मा पारीजात, बानिरा गिरी, मन्जुश्री थापा, झमक घिमिरे, तोया गुरुङ, ऐश्वर्य शाह, राधा पौडेल आदिलाई लिन सकिन्छ।

उपयोगी लिन्कहरु 

नेपाली भाषा र साहित्य सम्बन्धी अध्ययन र अनुसन्धान गर्न एउटै साइटमा गएर पनि धेरै सामाग्रिहरु उपलब्ध गराउने उद्देश्यले निम्न लिन्कहरु समावेश गरिएका छन। त्यहाँ उपलब्ध सामाग्रीहरुको तथ्य उपादेयता र विश्वासनियता सम्बन्धीत वेव साइटमा निर्भर हुनेछ।