नेपाली भाषा र साहित्यका अभियन्ता, सर्जक, अनुसन्धाता, अद्यता र अनुरागी
संघ संस्था तथा सरोकारवाला सम्पूर्ण महानुभावहरु
जय मातृभूमी
नेपाली भाषा र साहित्यको प्रवर्धन तर्फ एउटा इँटा सम्म पनि थपौँ भन्ने सदासयताले एउटा सामान्य वेव साइटको थालनी गएिएको छ। यसलाई हामी अनुसन्धाता
अध्यता, विध्यार्थीहरु र भाषा र साहित्य प्रती अनुराग हुने जो कोहिको लागि पनि उपयोगी हुने एक श्रोत केन्द्रको रुपमा बिकसित गर्न चाहन्छौं।
सुरुमा यो वेव साइटमा निम्न सामाग्रीहरु रहने छन
नेपाली भाषा,
नेपाली साहित्य,
नेपाली साहित्यकार
साहित्यकार सम्बधी लेख रचना तथा लिन्कहरु,
नेपाली भाषा साहित्य प्रवर्धन उप समितिको पृष्ठ ( जसबाट सम्बन्धित पदाधिकारी ए सद्स्यहरुको व्यक्तिगत लिन्क्मा पनि जान सकिने छ)
नेपाली भाषा साहित्यको सेवामा समर्पित संस्थाहरुको परिचय र लिन्कहरु
यसमा मौलिक लेख रचना
छल फल गर्ने ब्लग
साहित्य र भाषा सम्बन्धी लेखिएका पुस्तक, लेख रचना आदीका लिन्कहरु
साहित्य र भाषा सम्बन्धी गतिविधी र कार्यक्रमहरुको समाचार लिन्कहरु
साहित्य र भाषा सम्बन्धी अडियो तथा भिडियोहरु
नेपाली भाषा र साहित्यलाई प्रभाव पार्ने अन्य भाषाका सामाग्रीहरु
जस्तै अङ्रेजी, हिन्दी, नेवारी, मैथिली, भोजपुरी आदी आदी
समग्रमा भन्नु पर्दा यो नेपाली भाषा बिशेष गरी साहित्यको एक सागरकै रुपमा विकसित् हुने छ, जसले नेपाली भाषा र साहित्य प्रती विदेशीहरु समेतको अनुराग बढ्न गई नेपाली भाषा र साहित्यको थप बिकास हुने र नेपाली समुदायलाई अझ एकतामा आएर नेपाली शान र मान बढ्ने आशा गर्न सकिन्छ। यो परियोजना हाम्रो उप समितीको अन्य परियोजना जस्तै एक दीर्घकालिन परीयोजना हुनेछ। जसको लागी एक स्थाई समितीको आवश्यक पर्नसक्ने छ।
हजुरहरु सङ्ग राखेको अपेक्षा
१. नैतीक समर्थन
२. भाषा सम्पादनमा सहयोग
३. लेख रचनाको उपलब्धी
४ .नेपाली साहित्यकारहरु सम्बन्धी जानकारी,
५. नेपाली भाषा र साहित्य सम्बन्धी गतीविधी र समाचारहरुको जानकारी
६. नेपाली भाषा र साहित्य सम्बन्धी फोटो, चित्र वा ग्राफिकहरु उपलब्ध गराएर
७ . नेपाली भाषा र साहित्य सम्बन्धी भिडियो तथा उपयोगी लिन्कहरु उपलब्ध गराएर
८ उप समिती पदाधिकारी र सदस्यहरुको आफ्नो फोटो सहितको प्रोफाइल तथा सम्बन्धित लिन्क हरु पठाएर
नेपाली भाषा र साहित्य सम्बन्धी कुनै पनि लिन्क उपयोगी हुनेछ र ठुलो सहयोग पुग्ने छ।
सामाग्री र लिन्क पठाउँदा मर्यादित सामाग्रीहरु पठाउन अनुरोध छ जुन कुरा हजुरहरु जस्तो व्यक्रित्वहरुलाई हामीले भनिराख्न आवश्यक छ जस्तो लाग्दैन ।
हामी हजुरहरु सबैसङ्ग यो अभियानमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
सेवामा,